काठमाडौंः गायक वेग राना र गायिका मन्जु लावतीको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘लौरी टेकेको’ को भिडियो सार्वजनिक भएको छ ।

युवा अवस्थामा रहेका प्रेमी–प्रेमिकाबीचको भावनात्मक प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ ।

बेग रानाको शब्द तथा सर्वोकृष्ट लय सिर्जना गीतमा रहेको छ ।

दिपक गिरीको छायांकन, अमृत चापागाईँको सम्पादन तथा निशान एस.के. को निर्देशन भिडियोमा छ ।

गीतको भिडियोमा लोमश शर्मा र सरु धिमालको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस्ः

<


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १८:५६