काठमाडौंः डि. एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ‘प्याकुली’ को छायांकन सुरु भएको छ ।

समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा युवती बीचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ ।

मीन अधिकारीको निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेलको सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो ।

काठमाडौं आसपासमा छायांकन गरिने लक्ष्यका साथ तिव्र गतिका साथ सिरिजको छायांकन भैरहेको छ । कृष्ण पाण्डेको छायांकन देव महर्जनको द्वन्व्द बिश्वास भण्डारीको सम्पादन वेव सिरिजमा रहने भएको छ ।

राजेन्द्र बजगाईं, पुष्कर सुनुवार, बिनोद गुरुङ र शंकर अधिकारी घायलको संगीत देव धिमालको नृत्य सन्तोष पराजुली र अर्जुन तिमिल्सिनाको प्रकाश ब्यवस्थापन डिके हमालको श्रृङ्गार् रहने छ ।


। वेव सिरिजमा मुस्कान रेग्मी, प्रीतिका शर्मा र रोशिका रायाले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । गंगा कुवँर, पदम सुनार, राम शरण खत्री, राजन श्रेष्ठ, ज्योति पुडासैनी, बिनु वाइवा र देव महर्जनको अभिनय रहने छ ।

नित्याशिवा, राजेन्द्र बजगाईंको स्वर रहने यो मुवि माघको पहिलो हप्ता रिलिज गरिने तयारी रहेको छ । समाजका विभिन्न घटनालाई सो वेव सिरिज मार्फत सार्वजनिक गरिने वेव सिरिजको लेखन तथा निर्देशन शंकर अधिकारी घायलले गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, १९:४०