काठमाडौं: नेकपा माओवादी केन्द्रका राष्ट्रिय भेला आयोजक समिति संयोजक गोपाल किरातीले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्डको विदाई र वैचारिक राजनीतिक रूपले दाहसंस्कार गरिएको बताए।

अध्यक्ष प्रचण्ड एमाले र माओवादी एकतातिर लागेदेखि नै माओवादी पुनर्गठन गर्ने भन्दै अघि बढेका किरातीले प्रचण्डलाई माओवादीबाट बिदाई गरिएको बताएका हुन्। उनले एमालेकरण हुन जानुभएका साथीहरूसँगै प्रचण्डलाई बिदाई र वैचारिक राजनीतिक रूपमा समेत दाहसंस्कार गरिएको बताएका छन् ।

एमाले माओवादी एकीकरणको अर्को दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै किरातीले प्रचण्डसहित एकता प्रक्रियामा गएका नेताहरू वैचारिक हिसाबले स्खलित भएको समेत बताएका छन्।


। पुँजीवादी गणतन्त्र स्थापनासम्म सकारात्मक भूमिका खेलेको प्रचण्ड समूह अहिले मार्क्सवाद-लेनिनवाद-माओवादमा आधारित राजनीतिक कार्यदिशा र पहिचानको मुद्दा छाडेर नव-प्रतिक्रियामा गएको किरातीले ठोकुवा गरेका छन् ।