काठमाडौंः वैदेशिक रोजगार विभागको अनुसन्धान शाखामा कार्यरत शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार दिउँसो ५० हजार रुपैयाँ घुस लिँदालिँदै उनकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

उनले वैदेशिक रोजगार कार्यालयबाट विज्ञापन गर्न अनुमति नपाएको म्यानपावरले कामदार भर्ना प्रक्रिया सुरु गरेको फाइलमा लेनदेन गर्ने क्रममा अख्तियारले ढुंगानालाई घूससहित पक्राउ गरेको जनाइएको छ ।