काठमाडौं: प्रहरी परिसर काठमाडौंले वैशाख महिनाको उत्कृष्ट कार्यसम्पादन गर्ने ८ प्रहरी अधिकारीलाई नगदसहित सम्मान गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठ र महानगरिय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदिप बहादुर क्षेत्रीले वैशाख महिनाको उत्कृष्ट कार्यसम्पादन गरेवापत संयुक्त रुपमा ५० हजार रुपैयाँसहित पुरस्कृत भएका छन् । त्यस्तै बलम्बु प्रभाग र भृकुटीमण्डप प्रभागका प्रहरी निरीक्षक शर्मिला गुरुङ र पुस्कर बोगटी संयुक्त रुपमा ३५ हजार रुपैयाँसहित पुरस्कृत भए ।

महानगरीय प्रहरी वृत्त महाराजगंजका प्रहरी नायक निरीक्षक टेकबहादुर कुँवर २५ हजार र बालाजु वृत्तका प्रहरी सहायक निरीक्षक शिव कटेल २० हजारसहित पुरस्कृत भए ।


। प्रहरी प्रभाव प्रभाग बलम्बुका प्रहरी हवल्दार विक्रम लामा १५ हजार र प्रहरी जवान अर्जुन सेठी १० हजार रुपैयाँसहित पुरस्कृत भए ।

प्रहरी परिसरले नेपाल बंगालादेश बैंकसँगको सम्झौतापछि प्रत्येक महिना उत्कृष्ठ कार्यसम्पादनका आधारमा काठमाडौं पुलिस अवार्ड २०७५ दिने घोषणा यसअघि नै गरेको थियो ।