काठमाडौंः सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख २५ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन थप गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशमा लकडाउन गर्ने घोषणा गरेको थियो ।


प्रकाशित मितिः आइतबार, वैशाख १४, २०:२२