काठमाडौं: नेपाली सिने जगतमा सम्भाबना बोक्दै नायिकाको रुपमा पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल भएकी मोडल तथा नायिका कशिस दाहालको व्यस्तता पनि बढ्दै गएको छ ।

बिभिन्न चलचित्र म्युजिक भिडियो तथा देश विदेशको कार्यक्रमहरुमा ब्यस्त बन्दै गएकी मोडल तथा नायिका कशिस दाहालको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा बढ्दै गएको छ ।

अभिनय तथा नृत्यमा पोख्त नायिका कशिस दाहाल सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनी प्रतिको आकर्षण हो ।

मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेर आफूलाई सक्षम नायिकाको रुपमा उभ्याउन सफल नायिका कशिस दाहालले करिब आधा दर्जन चलचित्रमा अभिनय गरेर ख्याति कमानुका साथै दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छन् ।


उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘द प्रिन्स’ चाडैनै दर्शक श्रोता माझ आउने क्रममा रहेको नायिका कशिस बताउछिन् ।

पूर्वको सुन्दर नगरी इटहरीको स्थाई बासिन्दा नायिका कशिस काठमाडौंलाई कर्मथलो बनाएर अहिले दिनरात मेहनत गरेर अगाडी बढ्दैछिन् । नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका कशिस सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन । नायिका कशिस दाहाल सरल व्यवहार, दृढ आत्मविश्वास र फराकिला सपनाहरूको आकाशमा छरिएकी झैं लाग्छिन् ।

पढाइमा सधै अब्बल नायिका कशिस मास्टर मास्टर सेकेण्ड एयरमा अध्यनरत उनी परिवार, आफन्त, अग्रज तथा साथीभाईहरुको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् ।