काठमाडौंः चर्चित गायक तथा संगीतकार शंकर थापा स्माइलको नयाँ गीत ‘हे मन’ सार्वजनिक भएको छ । गायक स्माइलका यस अघि पनि थुप्रै हिट गितहरु बजारमा आएका छन् ।

उनले हालसम्म सांगीतिक क्षेत्रमा विभिन्न स्वरुपमा आफ्ना गीतहरु दर्शक तथा स्रोताका माझ पस्कदै आएका छन् । फल स्वरुप सांगीतिक क्षेत्रमा उनले आफ्नो बेग्लै परिचय बनाउन सफल भएका छन् ।

उनका संगीतमा पनि थुप्रै चर्चित गायक तथा गायिकाले स्वर दिन भ्याएका छन् । गीतमा उनले गरेका संगीतको पनि नेपाली सांगीतिक उद्योगमा उत्तिकै चर्चा चल्ने गर्दछ ।

विभिन्न कार्यक्रम, मेला, महोत्सवमा समेत आफ्नो प्रस्तुति राख्दै आएका गायक ताथ संगीतकार स्माइलले हालै मात्रै नयाँ गीत ‘हे मन’ सार्वजनिक गरेका छन् ।


। उनको स्वर तथा संगीत रहेको यस गीतमा राखी गौचनले शव्द रचना गरेका हुन् ।

गीतको भिडियोमा सुधिर श्रेष्ठ,सृजना जिसी र प्रनिमा दहालको अभिनय रहेको छ भने भिडियो निर्देशन मुनाल शिशिर कोइरालाले गरेका हुन् ।

भिडियो ‘डश म्युजिक’ युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल चैत १३ गते शुक्रबार, २०:३१