बुटवलः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

यसअघि धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आज बिहान मात्र राजीनामा दिएका थिए । राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, १६:०५