काठमाडौंः संगीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ ।

शम्भुजितकै शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

गीत र गीतको भिडियोमा दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्शाइएको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७८ साल वैशाख २२ गते बुधबार, १३:५६