कंचनपुर  : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले महाकाली नदीमा रहेको शारदा ब्यारेज (बनबासा पुल) दिनभर सञ्चालन गराउने विषयमा प्रधामनमन्त्री र भारतीय पक्षसँग छलफल गर्ने बताएका छन ।

विहिवार कञ्चनपुर उद्योग वाणिज्य संघको २९ औं वार्षिक साधारण सभालाई आज सम्बाधोन गर्दै उनले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे । मन्त्री यादवले भने, ‘अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।’

सरकार हरेक प्रदेशमा उद्योग स्थापना गर्न अघि बढिरहेको बताउँदै उनले पर्याप्त उद्योग सञ्चालनमा आए मात्रै युवाले स्वदेशमै रोजगारी पाउने धारणा राखेका छन ।


। मन्त्री यादवले भने, ‘सरकारले उत्पादन, कृषि र उद्योग लगायतलाई प्राथमिकतामा राखेको छ ।’

उद्योगमन्त्री यादवले आजै महाकाली नगरपालिका–७ स्थित प्रस्तावित सुक्खा बन्दरगाह कञ्चनभोज क्षेत्रको स्थलगत निरीक्षणसमेत गरेका छन् ।निरिक्षण् गर्ने क्रममा मन्त्री यादवले स्थानीयवासीलाई जनताको हित हुने गरी सुक्खा बन्दरगाह निर्माण हुनेमा ढुक्क हुन आग्रह समेत गरेका थिए ।

पहिलो पटक मन्त्री यादव त्यहाँ पुग्दा स्थानीयवासीले संघर्ष समितिमार्फत् विकासका नाउँमा विस्थापित नगर्न माग गर्दै ज्ञापनपत्र समेत बुझाएका थिए ।