काठमाडौंः शिक्षक सेवा आयोगले शिक्षण अनुमतिपत्रको परीक्षाफल प्रकाशित गरेको छ ।

नतिजाअनुसार प्राथमिक तहमा ५.८३ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । प्राथमिक तहको परीक्षामा सहभागी ६६ हजार ५ सय ६२ मध्ये ३ हजार ६ सय ८२ जना उत्तीर्ण भएका छन् भने ६२ हजार ८८० जना अनुत्तीर्ण भए ।

त्यस्तै निम्न माध्यमिक र माध्यमिक तहको परीक्षामा सहभागी एक लाख एक हजार ९ सय ८४ मध्ये पाँचहजार ७ सय ८ जना उत्तीर्ण भए । यो परीक्षामा सहभागी कुल संख्याको ५.६ प्रतिशत हो ।

मावि शिक्षक लाइसेन्सतर्फ ५६ हजार २५७ मध्ये आठ हजार ३८८ जना पास भएका छन् भने ४७ हजार ८ सय ९ जना अनुत्तीर्ण भएका छन् ।


प्रकाशित मितिः बिहीबार ११ असार, २०७७, १९:५१