काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । शनिबार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए ।

उनका अनुसार मन्त्री पोखरेल अहिले पनि पाटन अस्पतालमै छन् ।

यसअघि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १९:३१