काठमाडौंः स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले सेभियासँग हार बेहोरेको छ ।

आइतबार राति भएको खेलमा एट्लेटिकोले सेभियासँग १–० को हार बेहोरेको हो ।

सेभियाका लागि मार्कोस एकुन्नाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा गोल गरेका थिए ।

हारपछि शीर्षस्थानमा रहेको एट्लेटिकोको २९ खेलबाट ६६ अंक छ । दोस्रो स्थानमा रहेको रियलको ६३ तथा एक खेल कम खेलेर तेस्रो स्थानमा रहेको बार्सिलोनाको ६२ अंक छ । एट्लेटिकोलाई हराएको सेभिया ५८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २३ गते सोमबार, ०७:३८