भक्तपुरः शुक्रबार कुवेतवाट फर्किएका १ सय ५० जना महिलामध्ये १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुवेतवाट फर्किएकै दिन शुक्रबार २ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरुलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको थियो । जसमध्ये एकजनाई कोरोना संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले जानकारी दिए ।

संक्रमित महिलाको टेकु अस्पतालको आईसोलेसन वार्डमा उपचार भइरहेको छ ।

कुवेतबाट फर्किएका बाँकी १ सय ४९ जनालार्ई भक्तपुर र ललितपुरका क्वारेन्टाइनमा राखिएको छ ।


। बाँकि १ सय ४८ जनालाई १४ दिन क्वारेन्टिनमै राखेर स्वाव परीक्षण गरि रिर्पोट नेगेटिभ आएपछि मात्रै घर पठाउने एसपी सविन प्रधानले बताए ।

भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा कुवेतबाट फर्किएका ९ जना बालबालिकासहित १ सय ३ जना छन् । त्यस्तै, ४५ जनालाई भने ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजका क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु सेनाको निगरानीमा क्वारन्टाईमा रहने छ । शुक्रबार नै जापानबाट फर्किएका ६ मध्ये ४ जनालाई पनि भक्तपुरको खरिपाटीको क्वारेन्टाइनमा निगरानिमा राखेको छ । खरिपाटी क्वारेन्टाइनमा अहिले भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको आफन्त र चिकित्सक गरी ६ जना, दुवईबाट आएका १२ जना गरि जम्मा १ सय २५ जना रहेका छन ।


प्रकाशित मितिः सोमबार, असार १, २०७७, १०:३०