सरकारले शैक्षिक प्रमाणपत्र धितोमा राखेर सात लाख रुपैयाँसम्म ऋण दिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक बर्ष ०७५/ ७६ को बजेटमा उक्त व्यवस्था गरिएको हो ।

उच्च शिक्षा हासिल गरेका युवालाई व्यवसायमा आकर्षित गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन लगिएको हो ।

त्यस्तो कर्जाको अनिवार्य सुरक्षण हुने र व्यवसायको विमा गर्ने व्यवस्था मिलाईने भएको छ ।

त्यस्तै, एक बर्षभित्र सबै नेपालीको बैंक खाता खोल्ने अभियान सञ्चालन गरिने भएको छ ।

जसअनुसार शैक्षिक प्रमाणपत्र राखेर अब ७ लाख रुपैयाँसम्म कर्जा पाइने छ। ५ प्रतिशत ब्याजमा सो कर्जा प्रवाह गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी गराएका छन्।


विद्यार्थी संगठनहरुले यस्तो कर्जाको माग राख्दै आएका थिए।