काठमाडौंः शैक्षिक प्रमाणपत्र धितो राखेर निब्यार्जी व्यवसायिक ऋण दिन विद्यार्थी संगठनले अर्थमन्त्री डा. युवराज खतिवडासँग माग गरेका छन्।

संयुक्त विद्यार्थी संगठनले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्थासहितका अन्य मुद्दा समेटेर अर्थमन्त्री खतिवडालार्इ ज्ञापनपत्र बुझाएका थिए।

ज्ञापनपत्र बुझ्दै खतिवडाले विद्यार्थीको माग अधिकतम संवोधन गर्ने भन्दै सर्टिफिकेट राखेर ऋण दिने विषयको जवाफ भने दिएनन्।

अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नीति तथा कार्यक्रममा शैक्षिक प्रमाणपत्र धितो राखेर ब्याज दिने बताइएको थियो तर बजेटमा शैक्षिक प्रमाणपत्रका आधारमा आवश्यक धितो राखेर मात्रै अध्ययन गर्न ऋणको व्यवस्था गरिने उल्लेख भयो।


। जसले गर्दा यो व्यवस्थालार्इ राष्ट्र बैंकको मौद्रिक नीतिले समेत समेट्न सकेन्।

त्यो बेलाका गभर्नर डा. चिरञ्जिवी नेपालले सर्टिफिकेट राखेर बैंकहरुले दिए भइहाल्छ नि मौद्रिक नीतिमै किन राख्नु पर्यो भन्ने जवाफ दिएका थिए तर आजसम्म यो प्रकृया लागू हुन सकेको छैन ।