पाल्पा: पाल्पाको तानसेनबाट रामपुर जादै गरेको लु २ ख ९७५ नम्बरको बस रम्भा गाउँपालिका ४ हुमिनमा दुर्घटना भएको छ ।
लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका अध्ययन भ्रमण टोली लिएर रामपुर जादै गरेको बस शुक्रबार बिहान ९:१५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
रातभर आएको अविरल वर्षाका कारण सडक चिप्लो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भीक अनुमान रहेको प्रहरीले जानएको छ । बस सडकबाट १ सय ५० मिटर तल खसेको हो ।
मृत्यु हुनेमा
-तानसेन ४ का विष्णुमान बज्राचार्य,
– तानसेन ३ का देवेन्द्रलाल प्रधान
-तानसेन ३ कृष्णमान बज्राचार्य
-तानसेन ३ का छत्रमान शाक्य
-तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ
-तानसेन ४ का कृष्णबहादुर बोहोरा
-तानसेन ६ का दुर्गाबहादुर सारु
-तानसेन २ का लोकनाथ ढकाल
-तानसेन ३ का बसन्ती खाण
-तानसेन ६ का गिता बुढाथोकी
-तानसेन ६ का सचिन बज्रार्चाय
-तानसेन ३ कमला कार्की रहेका छन ।
।
-एक जना महिलाको नाम खुल्न सकेको छैन ।
दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
कमला कार्की लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटना स्थलवाट उपचारका लागी युइनाईटेड मिसन अस्पतालमा ल्याईएका घाईतेहरु मध्ये एक जनाको मुत्यु भएको पत्रकार सुशिल नेपालले जनाएका छन् ।

दुर्घटना स्थल
अन्य घाइतेहरुमा
तानसेन २ का प्रफुल्ल शर्मा
तानसेन ६ का विमल गन्धर्व
तानसेन ३ का उत्तम कुमार बज्राचार्य
तानसेन २ का ओम मलेगो
तानसेन ६ का मिना खाम्चा
तानसेन २ का मुना सारु
तानसेन ६ का अर्जुन थापा
तानसेन ६ का पूर्णमाया बज्राचार्य र
तानसेन ३ का सन्तम बज्राचार्य रहेका छन् । उनीहरुको को उपचार भैरहेको छ । घाईत मध्ये प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook