चितवनः श्रीमतीलाई उपचारको लागि अस्पताल ल्याएका एक पुरुषले चितवनको भरतपुर अस्पतालमा झुण्डिएर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा लमजुङ दूधपोखरी गाउँपालिका–२ का अन्दाजी २३ वर्षीय विष्णुबहादुर सुनार रहेको प्रहरीले जनाएको छ ।

उनले शुक्रबार राति करिब ८ बजेतिर अस्पतालको भर्‍याङमा आफूसँग भएको लामो रुमालेको पासो लगाएको प्रहरीले बताएको छ ।

तीन महिना अगाडी सुत्केरी भएकी उनको श्रीमतीलाई मुटुमा केहि समस्या देखिपछि उपचारको लागि सुनारले कात्तिक १७ गते आइतबार भरतपुर अस्पतालमा ल्याएका थिए ।

सुनारको आत्महत्या सम्बन्धमा विस्तृत सोधखोज र अनुसन्धान बाँकी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


उनको श्रीमतीको स्वास्थ्यमा सुधार हुँदै गएको र आज शनिबार डिस्चार्ज गर्ने तयारी भइरहेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

शव अस्पतालको शवगृहमा राखिएको छ ।


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ११:०७