सुनसरीः २०७६ असार ९ गते श्रीमतीको हत्या भएको घटनामा संलग्न रही फरार रहेको आरोपमा प्रहरीले मृतककै श्रीमानलाई पक्राउ गरेको छ ।

हरिनगर गाउँपालिका–१ गौतमपुर बस्ने ४३ वर्षीया रसिदा खातुनको हत्या भएको घटनामा संलग्न रही फरार रहेको आरोपमा मृतककै श्रीमान स्तुर भन्ने स्तुल मियाँ बुधबार पक्राउ परेका हुन् ।

रसिदाको मृत्यु भएको र सोही मितिबाट नै स्तुल मियाँ घरबाट भागी फरार भएको कारण आवश्यक अनुसन्धानको लागि प्रहरी प्रतिवेदन अनुसार स्तुल मियाँको नाममा जिल्ला अदालत सुनसरी इनरुवाबाट २०७६ चैत्र ३ गते पक्राउ पुर्जी जारी भएको थियो ।

स्तुलको खोजतलास गर्ने क्रममा बुधबार उनी आफैं जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपस्थित भएको हुँदा उनलाई प्रहरीले पक्राय गरेको हो ।


पक्राउ स्तुललाई जिल्ला अदालत सुनसरीबाट मुलुकी फौजदारी कार्यविधी (संहिता), २०७४ बमोजिम १० दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १४:१९