रुपन्देहीः रुपन्देहीमा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् ।

आफ्नै श्रीमती ५५ वर्षीया कुसुम बानियाँको हत्या गरेको अभियोगमा सियारी गाउँपालिका–३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बानियाँलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बेथरी र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १६:२६