पर्वतः पर्वतमा श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ मंगलबार दिउँसो पक्राउ गरेको छ ।

आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा जलजला गाउँपालिका–४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

रामबहादुर आफैंले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २८ गते बुधबार, १९:५२