काठमाडौंः श्री रेस्क्यु एनिमल नेपालले धुलिखेल नगरपालिका–४ स्थित् २८ किलोमा दुईजना पुरुषले गत चैत्र १८ गते ‘खैरे’ कुकुरलाई हिर्काएर हत्या गरेको घट्नाको विरोध गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उसले घट्नामा संलग्न दोषीमाथि कानूनबमोजिम कारबाही हुनुपर्ने माग गरेको हो ।

कार्यक्रममा बौल्दै उक्त संस्थाकी संस्थापक सिर्जना ठकुरीले आफूहरुले खैरेको लागि न्याय मागेको र घट्नास्थलमा पुगेर आन्दोलन पनि गरेको स्मरण गराईन् । तर, आफूहरुमाथि प्रहरी प्रशासनबाट धरपकड भएको उनको गुनासो छ ।

उनले भनिन्, ‘हामीले न्याय पाएनौं ।


। आन्दोलन गर्न गएका थियौं । प्रहरीले धरपकड गर्यो । उक्त घट्नाको हामीले निन्दा गरेका छौं । कुकुर मार्ने दोषीलाई बचाउन खोजिएको देखियो । यसमा राजनीति समेत घुसेको मेरो आरोप छ । दोषीलाई अविलम्ब पक्राउ गरेर कारबाही गर्नुपर्छ ।’ उनले २०७५ सालमा बनेको कानूनअनुसार जनावरको हत्या गर्नेलाई तीन महिनासम्म थुन्ने र पाँच हजार जरिवानाको व्यवस्था भएकोले सोहीअनुसार कारबाही हुनुपर्ने पनि बताईन् ।

त्यस्तै, संस्थाकी सदस्य एरिका ढुंगाना र जनावरको उपचारमा खटिँदै आएका ईरफान खानले पनि खैरेको हत्यामा संलग्नलाई कारबाही हुनुपर्ने धारणा राखेका थिए । खैरेलाई हत्या गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको भिडिओमा देखिएको थियो ।


प्रकाशित मितिः २०७८ साल वैशाख १२ गते आइतबार, १८:३९