सिराहाः सिराहा नगरपालिका–२१ लकढीगोठबाट श्रोत नखुलेको नगद ३१ लाख ८९ हजार रुपैयाँ सहित एक जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही नगरपालिका–२२ हक्पारा बस्ने ३९ वर्षीय शिवनाथ यादव रहेका छन् ।
भारतबाट नेपालतर्फ पैदल आइरहेका यादवलाई प्रहरी चौकी लकढीगोठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले बोकेको झोलामा उक्त नगद फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १५:२३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook