रौतहटः इशनाथ नगरपालिका–७ स्थित सडकबाट श्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित एक जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका–७ बस्ने २० वर्षीय दिपक पटेल रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले भारतबाट जयनगरतर्फ आउँदै गरेको ना ५३ च प ६२८४ नम्बरको मोटरसाइकल जाँच गर्दा पटेलले लगाएको हेल्मेटभित्र लुकाई राखेको उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, १८:५१