रौतहटः गौर नगरपालिका–२ महादेवपट्टीबाट श्रोत नखुलेको रकम सहित दुई जना पक्राउ परेका छन् ।

राजपुर नगरपालिका–५ राजपुर बस्ने १९ वर्षीय शेख नरसैद र गरुडा नगरपालिका–५ बस्ने १९ वर्षीय समसेद आलमलाई श्रोत नखुलेको नगद ३ लाख ३० हजार रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आइरहेका उनीहरुलाई अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, २०:०८