मोरङः विराटनगर महानगरपालिका–१७ तानक चोकबाट श्रोत नखुलेको ४ लाख १० हजार रुपैयाँ सहित एक जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–१५ बस्ने ४१ वर्षीय अमिर चन्द्र साह रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहीले उक्त श्रोत नखुलेको रकम सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १६:००