रौतहटः गौर नगरपालिका–४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा कुमार र जैसवालको साथबाट ६/६ लाख गरी उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १७:०७