काठमाडौंः संगीतकार अर्जुन पोखरेलको संगीतमा गायक कृष्ण काफ्ले, अस्मिता अधिकारी, बुद्ध लामा र समिक्षा अधिकारीको संयुक्त आवाजमा तयार पारिएको नेपाली लोक पप गीत ‘मैले बोलेको छैन ढाँटेर’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपालका चार युवा गायन स्टारहरुद्वारा अभिनित तथा स्वरबद्ध रहेको म्युजिक भिडियोलाई विश्व संगीत दिवसका अवसर पारेर आज रिलिज गरिएको हो ।

नेपसिनेमाको प्रस्तुतीमा द डिभाईन म्युजिकको युवट्युव च्यानल मार्फत म्युजिक भिडियोलाई सार्वजनिक गरिएको हो ।

चर्चित संगीतकार अर्जुन पोखरेलद्वारा लिखित तथा संगीतबद्ध रहेको गीतमा चर्चित गायक काफले, अधिकारी, लामा र समिक्षाको अभिनय पनि रहेको छ ।


गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका छन् । पत्रकारिताबाट यो क्षेत्रमा उदाएका कार्कीले पछिल्लो समय अमेरिकामा गएर चलचित्र निर्देशन सम्बन्धि अध्ययन गरेका थिए । उनले यस अघि पनि धेरै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । यस अघिका भिडियोहरु भन्दा यो भिडियो र यसको कन्सेप्ट फरक रहेको निर्देशक कार्कीले बताए । गीत र भिडियो निकै आर्कषक बनेको कारण पनि दर्शकहरुले रुचाउने निर्देशक कार्कीको भनाई रहेको छ ।

लकडाउनका समयमा सामाजिक दुरी कायम गरी खिचिएको यो गीतको भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने सम्पादन विकाश दाहालको रहेको छ । गायक गायिकाहरु आफैंले पहिलो पटक अभिनय गरेका कारण पनि यो गीतको भिडियो चल्ने अनुमान गरिएको छ ।

भिडियोलाई फिल्मी शैलीको बनाईएको छ । दुई दाजुभाईले दुई दिदिबहिनीको प्रेमकथा बुनेको भिडियोले केही सकारात्मक सन्देश समेत प्रवाह गरेको छ । गीतलाई संगीतकार पोखरेलले निकै मिहेनत गरेको देखिन्छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, असार ७, २०७७, २०:४६