काठमाडौंः संघीय संसद्को दुबै सदनको बैठक आज बस्ने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै तर्फका बैठकमा आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथी छलफल हुनेछ भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा शुक्रबार र शनिबार संसद् बैठक स्थगित भएको थियो ।

संसद्ले आइतबारसम्म सैद्धान्तिक छलफल सक्ने लक्ष्य लिएको थियो तर, दुई दिन बैठक प्रभावित भएपछि सोमबारसम्म बैठकमा सैद्धान्तिक छलफल गरि सक्ने संसद्  सचिवालयले जनाएको छ ।