काठमाडौँः संघीय संसद्को दुबै सदनको संयुक्त बैठक आइतबार बस्दैछ । संयुक्त बैठक तथा समिति सञ्चालनको नियमावली पारितका लागि बैठक बस्ने लागेको हो । यसअघि जेठ २८ गते संयुक्त बैठक आह्वान भए पनि प्रक्रियागत त्रुटि भएको भन्दै अन्तिम समयमा सूचना टाँसेर स्थगित गरिएको थियो ।

संयुक्त बैठक आइतबार दिउँसो ४ बजे बस्नेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार संयुक्त बैठक आह्वान गरिसक्नुभएको छ । संविधानको धारा ६६ ९२० बमोजिम राष्ट्रपतिले संघीय संसदको दुबै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको हो ।

संयुक्त बैठक सञ्चालनसम्बन्धी नियमावली नबनेको र कार्यविधि पनि स्पष्ट नभएको अवस्थामा जेठ २८ गते सूचनामार्फत बैठक बोलाइएको थियो ।


यसअघि अभ्यास गरिएको बैठकबाट सूचना दिने प्रक्रिया समेत नपुगेकाकाले विशेष कारण भन्दै बैठक स्थगित गरिएको थियो ।

कार्यविधि स्पष्ट नभएपछि सरकारले संविधानको धारा ९३ को व्यवस्था अनुसार संयुक्त अविधेवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस अनुसार बैठक आह्वान भएको हो । गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।