काठमाडौंः टोखा नगरपालिका–७ धापासीबाट संरक्षित वन्यजन्तु चरिबाघको २ थान छाला (ओखेटोपहार) सहित प्रहरीले एक जनालाई आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङ्लिन नगरपालिका–८ बस्ने ३१ वर्षीय कमल प्रसाद सुनुवार रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
व्यूरोबाट वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि परिचालित प्रहरीले कमललाई उक्त चरिबाघको छाला अवैध रुपमा ओसार-पसार तथा किनबेच गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको व्यूरोको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिए ।
।
पक्राउ परेका कमललाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौं पठाईएको उनले बताए ।
प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, १९:५३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook