काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ ।

ओलीले बैठक बोलाएको जानकारी पाएपछि यसैबारे छलफल गर्न बालुवाटार पुगेका प्रचण्डले अध्यादेश फिर्ता लिने सहमति भइसकेका बेला बैठक बोलाएकामा आपत्ति जनाउँदै स्थगित गर्न आग्रह गरेपछि स्थगित भएको उनी निकट स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले आज बेलुका ५ बजे संवैधानिक परिषद बैठक बोलाएका थिए ।

यसअघि बुधबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । तर ओलीले उक्त अध्यादेश फिर्ता नहुँदै संवैधानिक परिषदको बैठक बोलाएका थिए ।


तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए ।


प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, १९:४२