काठमाडौंः प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषद्को बैठक केहिबेरमा बस्दै छ।

संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले मंगलबार साँझ ५ बजे परिषद् बैठक बोलाएका छन्। परिषद् बैठकबाट प्रधानन्यायाधीशको नाम टुङ्गो लगाउने ब्यवस्था छ।

परिषद्ले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीशका लागि न्याय परिषद् सचिवालयले यसअघि नै बरिष्ठताका आधारमा दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ।