काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिस राष्ट्रपति भण्डारीले आज दिउँसो १ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गरेकी हुन् ।

यसअघि आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १२:४४