काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) दिँउसो २ बजे संघीय संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ । राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्रीको सम्बोधन आजलाई स्थगित भएको हो । उपाध्यायको निधनप्रति शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ ।

भोलि (शनिबार)  ११ बजे बस्ने बैठकमा भने प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् । आफ्नो पार्टीका नेता तथा राष्ट्रियसभाका सांसद दुर्गाप्रसाद उपाध्यायको निधनले शोक परेका कारण कांग्रेसले प्रधानमन्त्रीको सम्बोधन स्थगित गर्न माग गरेको थियो ।

बहालवाला सांसदको मृत्यु भएपछि संसदमा शोक प्रस्ताव पारित गरेर अरु कार्यसूचि स्थगित गर्ने परम्परा छ ।



प्रकाशित मितिः शुक्रबार, फागुन २, १३:५८