काठमाडौंः संसदीय प्रक्रियाका विषयमा सांसदहरूलाई जानकारी दिने उद्देश्यले संघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई दुई दिने अभिमुखीकरण तालिमको आयोजना गर्ने भएको छ ।

सचिवालयले बुधबार र विहीबार विषय विज्ञबाट सांसद्हरूलाई विषयगत समितिको प्रस्तुतिदेखि कानुन निर्माणको प्रक्रियाबारे जानकारी दिन लागेको हो ।

संघीय संसद्का सदस्यलाई पहिलोपटक विषयगत ज्ञानबारे प्रशिक्षण दिन लागिएको हो । यसअघि संविधानसभामा सभासद्लाई क्षमता अभिवृद्धिका तालिम सञ्चालन गरिएको थियो ।

संघीय संसद् सविचलायका प्रवक्ता भरतराज गौतमले दुबै सदनका सबै सदस्यहरूलाई विषयगतरूपमा काम कारबाहीमा सहज होस् भनेर अभिमुखीकरण तालिम राखिएको बताए ।


। संघीय संसद्का ३३४ सदस्यकै लागि अभिमुखीकरण आयोजना गरिनेछ ।