काठमाडौंः गाँजाखेतीलाई नियमन तथा व्यवस्थापन गर्न खुकुलो बनाउने उद्देश्यले संघीय संसद्को प्रतिनिधिसभामा विधेयक दर्ता भएको छ ।

सत्तारुढ दल नेकपाका नेता तथा पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले सोमबार गैरसरकारी विधेयकका रुपमा उक्त विधेयक दर्ता गराएका हुन् । ‘औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा खाद्य, व्यावसायिक तथा औद्योगिक प्रयोजनका लागि समेत गुणस्तरीय गाँजा उपलब्ध गराउँदै कृषकको आर्थिकस्तर बढाउनका लागि नेपालमा गाँजाखेतीलाई खुला गर्न’ विधेयकमा प्रस्ताव गरिएको छ ।

विधेयकको दफा ३ को उपदफा १ मा अनुमतिपत्र नलिई गाँजाखेती गर्न, ओसार–पसार गर्न, गाँजाको बिक्री–वितरण गर्न वा निकासी गर्न कसैले नपाउने व्यवस्था छ ।


। अनुमतिपत्र दफा ६ बमोजिम सम्बन्धित कृषि ज्ञान केन्द्रको प्रमुख वा कार्यकारी निर्देशकले कृषकले दिएको निवेदनउपर आवश्यक जाँचबुझ गरी दिइनेछ ।

तर, केही प्रयोजनका लागि भने अनुमति लिन नपर्ने दफा २ को (क) र (ख) मा व्यवस्था गरिएको छ । सोही दफाको खण्ड (क) मा ‘एक घर–परिवारमा घरायशी प्रयोजनका लागि बढीमा ६ वटासम्म गाँजाको बोट उमार्न’ अनुमति लिनु नपर्ने उल्लेख छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०७:३०