भक्तपुरः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटनबारे अदालतले गर्ने निर्णण कांग्रेसलाई मान्य हुने बताएका छन् ।

देशका १६५ निर्वाचन क्षेत्रमा कांग्रेसले गरेको विरोध सभा अन्तर्गत आज भक्तपुरमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले संसद बिघटन अलोकतान्त्रिक र असंबैधानिक भएता पनि सर्वाेच्च अदालतको निर्णयलाई आफ्नो पार्टीलाई मान्य हुने बताएका हुन् । उनले कांग्रेस पञ्चायती व्यवस्थामा पनि अदालतको निर्णय मान्ने पार्टी भएको बताए ।

बरु सरकारले बदमासी गर्न सक्ला, संसदले पनि बदमासी गर्न सक्ला तर अन्तिम निर्णय आउने भनेको स्वतन्त्र न्यायालयबाट भएकाले सर्वाेच्चको निर्णय नै आफ्नो पार्टीलाई मान्य हुने उनले बताए ।


उनले संसद विघटनसम्बन्धी विरोधका कार्यक्रममा जान विभिन्न पार्टीहरुले संयुक्त रुपमा विरोध गर्नै आग्रह गरे पनि आफ्नो पार्टी कसैसँग नमिलेर एक्लै बिरोधमा उत्रिएको बताए ।

देउवाले बिभिन्न राजनीतिका परिवर्तन काँग्रेसले सहकार्य गर्दा धोका पाएकाले अबका दिनमा कसैसँग सहकार्य भन्दा पनि एक्लै पार्टी एकजुट भएर हरेक परिस्थितिको सामना गर्न अग्रसर हुनु पर्ने भएकाले आफ्ना कार्यकर्ता हरेक समय तयार रहनु पर्नेमा जोड दिए ।

कांग्रेसले हरेक समयमा न्यायालयलाई स्वतन्त्ररुपमा आत्मसाथ गरि आएता पनि कम्युनिष्टहरुले न्यायालयलाई प्रभाव पार्न हरेक खालका गतिबिधि गर्न पछि नपर्ने उनले आरोप लगाए ।


प्रकाशित मितिः २०७७ साल पुस १३ गते सोमबार, १७:४६