काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी पुस १३ गते मुलुकभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

आज दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक एवंम अलोकतान्त्रिक भएको निष्कर्षसहित त्यसविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले पुस १३ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।


प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, १९:५४