काठमाडौंः राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट अन्त्य भएको छ ।

पुस १७ गतेदेखि सुरु भएको राष्ट्रियसभाको अधिवेशन आजबाट अन्त्य भएको हो ।

जम्मा १० दिनको अवधिमा राष्ट्रियसभाको बैठक ४ दिन मात्र बसेको छ ।

आजको बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको पत्र आज पढेर सुनाएका थिए । पत्रमा आज राति १२ बजेबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य हुने उल्लेख छ ।

मन्त्रिपरिषदको आइतबारै बसेको बैठकले अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रियसभाको जारी अधिवेशनमा सरकारले जारी गरेका ७ वटा अध्यादेश समेत पेश भएका छन् ।



प्रकाशित मितिः २०७७ साल पुस २६ गते आइतबार, १५:५६