काठमाडौंः सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक आज सार्वजनिक गरेको छ ।
नेपाल र चीनले मापन गरेको नयाँ एक कार्यक्रमकाबीच पररष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यी ले सार्वजनिक गरेका हुन् ।
सर्वोच्च शिखर सगरमाथाको उचाई ८६ सेन्टी मिटर बढेको छ । ८ हजार ८४८ मिटर उचाई रहेको सगरमाथाको नयाँ उचाई अब ८ हजार ८४८.८६ मिटर पुगेको छ ।
मंसिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई स्वीकृति दिएपछि आज उचाई घोषणा भएको हो ।
यसअघि सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो ।
। सोही उचाई नै अहिलेसम्म कायम थियो । अब सगरमाथाको नयाँ उचाई लागू हुनेछ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २३ मंगलबार, १७:१३
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook