काठमाडौंः उदयमान गायक सगुन लिम्बुले आफ्नो पहिलो डेब्यु गीत ‘दिन बित्यो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

फिदिम घर भै बिगत २ वर्ष देखि काठमाडौंमा संगीतमा आफ्नो भविष्य खोज्दै अघि बढिरहेका गायक लिम्बुले गीतमा आफ्नै भावनालाई पोखेका छन ।

गीतमा शब्द, संगीत र स्वर स्वयम गायक लिम्बुको रहेको छ भने संगीत संयोजन भने देबेश राईले गरेका हुन् ।

भिडियोमा प्रिया लिम्बु र स्वयम गायक सगुन लिम्बुको अभिनय रहेको छ । योगेश दाहालको छायांकन र सम्पादन रहेको भिडियोलाई रोनिश राउतले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोसः

 


प्रकाशित मितिः आइतबार, पुस १३, १६:१५