भक्तपुरः सगोल युवा समाजको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ५ जना महिला र ७० जना पुरुष गरी कूल ७५ जनाले रक्तदान गरेको समाजका सचिव विकास के.सी.ले जानकारी दिए ।

कोरोना (कोभिड–१९) का कारण हुन गइरहेको रगत अभावलाई केही मात्रामा भए पनि परिपूर्ती गर्न रक्तदान आयोजना गरिएको उनले बताए ।

यसैगरी, आजै समाजको कार्यालय सुर्यबिनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले उद्घाटन गरेका छन् ।


उद्घाटनपछि बोल्दै प्रमुख थापाले यस समाजले गरेका कार्य देशभरिका समाज/क्लवहरुले अनुसरण गर्ने गरी कार्य गर्न शुभकामना दिए ।

उनले कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन यस समाजले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सुर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष किरण थापा मगरले यस वडाले विकासको फड्को मारेको बताउँदै विकास निर्माणका क्रममा आफ्नो कमी कमजोरी भए समाजले औल्याई आफूलाई सल्लाह सुझाव दिई सहयोगात्मक रुपमा अगाडि बढ्न सुझाव दिए ।

समाजसेवी बिदुरमानसिंह बस्नेतले समाजले आफ्नो भन्दा पनि वडाको हितमा रहेर कार्य गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा केदारनाथको शिर डोलेश्वर मन्दिरका मूल पुजारी बच्चुराम जंगम, समाजसेवी बच्चुराम थापा, समाजका अध्यक्ष प्रदिप थापा, सचिव विकास के.सी., सहसचिव मनिता लामा र सदस्य रञ्जु थापाले बोलेका थिए ।

 


प्रकाशित मितिः बिहीबार, असोज २२, २०७७, १६:२७