काठमाडौंः तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको बिल्कुलै नयाँ गीत ‘जोगी भए’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित उखान, टुक्काहरु समाबेश गरी बनाइएको गीतमा बेनु पी मैनाली ईट्टाघरे को शब्द र दीपक शर्माको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियारसँगै लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको छ ।

काग तिहारको दिन पारेर शुक्रबार सार्वजनिक गरिएको गीतमा पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ ।

सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ ।


गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले रुचाएका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, २०:०३