काठमाडौंः प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय मागेपछि बैठक १० दिनका लागि स्थगित भएको छ ।

गत शुक्रबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिन समय मागेपछि बैठक १० दिनका लागि स्थगित भएको हो ।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म कुनैपनि बैठक गर्नुको औचित्य नभएको भन्दै प्रधानमन्त्री ओली आजको बैठक सार्ने तयारीमा थिए।

तर सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री नआएपनि बैठक राख्ने भनेपछि प्रधानमन्त्री बैठकका लागि तयार भएका हुन् ।


साथै बैठकले १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ३ बुधबार, १६:०९