काठमाडौंः सञ्चारकर्मी तथा गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको आवाज तथा किरण माइकल घिमिरेको संगीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट आज सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ ।


गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशा लाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङलाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयंको रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको गीतको भिडियोमा सुरेश बज्राचार्यको छायांकन र मित्रदेव गुरुङको सम्पादन छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १३:२०