काठमाडौंः सञ्चारकर्मी तथा गीतकार निश्चल कल्पनाको शब्दमा रहेको नयाँ गीत ‘करेन्ट लाग्छ’ सार्वजनिक भएको छ ।

राजधानीमा पत्रकार सम्मलेन गरि ओ एस आर युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रुपक डोटेल र मनिषा पोखरेलको स्वर रहेको गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन् ।

आदित्य बुढाथोकीले निर्देशन गरेको गीतको भिडियोलाई मुकेश हुमागाईले छायांकन गरेका छन् । प्रसान्त तामाङ्गको कोरियोग्राफी रहेको भिडियोमा राज बस्नेत, बिनु शाक्य र करण शाहलाई फिचर गरिएको छ । प्रकास एस के ले सम्पादन गरेको गीतलाई सोफिया बज्राचार्यले निर्माण गरेकी छन् ।

गीतकार कल्पनाको यस अघि पनि थुप्रै गीत सार्वजनिक भैसकेको छ, जसमध्य गायक मनोज राजको स्वरमा रहेको ‘प्रिय तिम्रो’ अन्जु पन्तको ‘तिम्रो न्यानो अङ्गालोमा..’ र नरेन्द्र प्यासीको ‘छुट्यो भेट’ जस्ता गीतहरु चर्चित छन् ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः आइतबार, कार्तिक २४, १०:१५