काठमाडौंः सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत बजारमा आएको छ । पौडेलको शब्द रहेको ‘जबसम्म सास छ’ बोलको गजललाई अर्का सञ्चारकर्मी दिपकराज विश्वकर्माले सांगीतिक स्वरुप दिएका हुन् ।

विश्वकर्माको एरेन्ज तथा संगीत रहेको गजलमा अहिलेकी व्यस्त तथा चर्चित गायिका मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको छ ।

भिडियोमा अभिषेक ओली र एलिना देउजाको अभिनय रहेको छ । यसैगरी भिडियोमा अशोक विकको निर्देशन र रबिन विकको सम्पादन रहेको छ ।

सार्वजनिक भएको केही समयमा नै युट्युबमा दर्शकहरुको राम्रो माया बटुल्दै गरेको यो गजललाई रेडियोमा पहिलोपटक सिनर्जी एफएमबाट सार्वजनिक गरिएको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शुक्रबार, पुस १८, १२:०२