काठमाडौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चार क्षेत्रलाई मर्यादीत, ब्यवस्थित र गरिमा बढाउन लागिपर्ने बताएका छन् ।

मन्त्रालयको जिम्मेवारी समालेसँगै आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री गुरुङले सञ्चार क्षेत्रलाई ब्यवस्थित, मर्यादीत र गरिमा बढाउन लागिपर्ने बताएका हुन् ।

मन्त्री गुरुङले पत्रकारिता क्षेत्रलाई प्रभावकारी बनाउन र सञ्चार क्षेत्रमा ब्याप्त रुपमा रहेको नकारात्मक परिपाटीलाई अन्त्य गर्दै सकारात्मक परिपार्टीको सुरुवात गर्न लागिपर्ने बताए । सकारात्मक सोचबाटै समाज निर्माण सम्भव रहेको बताउँदै मन्त्री गुरुङले सबैले नकारात्मक सोच, कार्यशैली र दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बेला आएको पनि बताए ।


सञ्चार क्षेत्रले सधै सही सूचना दिनुपर्नेमा जोड दिर्दै झुठको खेती गरेर समाजलाई गलत सन्देश दिने, समाजलाई विभाजीत गर्ने र भ्रम फैलाउने कार्यको अन्त्य गर्न जरुरी रहेको उनले बताए ।

नेपाल सरकारको तर्फबाट मन्त्रालयले मही सूचना सार्वजनीक गर्नुपर्ने र मन्त्रालयका सम्बन्धीत विभिन्न क्षेत्रका समस्यालाई पहिचान गर्दै मन्त्री तहबाट गर्नुपर्ने कार्यहरु गर्न लागिपर्ने बताए ।

उनले मन्त्रालय समालेको सय दिनभित्र समग्र मन्त्रालयले गर्नुपर्ने कार्यको चिरफार गर्दै आफनो स्पष्ट कार्यदिशा सार्वजनीक गर्ने पनि बताए । मन्त्री गुरुङले भने, ‘सबै मिलेर राम्रा कुरालाई सृढृढ बनाउने तथा राम्रा कार्यलाई अगाडि बढाउनुपर्छ, यस क्षेत्रमा रहेका विकृति र विसंगतीलाई अन्त्य गर्ने कार्यमा लागिपर्नुपर्छ ।’

त्यस्तै, मन्त्री गुरुङले कर्मचारीबाट गलत ढंगबाट सूचना दिने र सल्लाह दिने कार्य गरिएमा स्वीकार्य नहुने बताउँदै गलत मनसाय राखेर सूचना तथा सल्लाह दिनेलाई आफूले पहिचान गर्दै अगाडि बढ्ने बताए ।

सिंगो सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन लागिपर्ने बताउँदै मन्त्री गुरुङले सबै मन्त्रालयसँग समन्वय गरेर सूचना सार्वजनीक गरिने पनि बताए ।

‘अब कुनै पनि मन्त्रालयले सूचना लुकाएर बस्नु हुँदैन । पत्रकारको काम पत्रकारले गर्नुहोला र तर वानडोर सिस्टमबाट सूचना लग्नुपर्छ’, मन्त्री गुरुङले भने ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १५:५२